काठमाण्डौ ⁄ नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलित भएका छन् । शिक्षकहरुले संघिय राजधानी काठमाण्ठौ केन्द्रित आन्दोलन गरिरहेका छन् । आज आन्दोलनको सातौैं दिन बिभिन्न माग सरकार समक्ष राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।
केही समय अगाडी देखि विभिन्न स्वरुपमा आन्दोलन गर्दै आएको शिक्षक महासंघले आफ्ना मागहरु प्रति सरकार उत्तरदायी नदेखे पछि अनिश्चितकालिन आन्दोलनको शुरु गरेको छ । महासंघको आव्हानमा काठमाडौं जाऔँ अभियान सहित हुने अनिश्चितकालीन शैक्षिक आन्दोलनका लागि देशभरका शिक्षकहरु विभिन्न जिल्ला बाट काठमाडौं आइरहेका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन भइरहेको छ महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले हाम्रो इन्द्रावती साप्ताहिकलाई बताए । आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी भएका छन् । आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ ।
केही दिन अगाडी देखि राजधानीका विभिन्न स्थानबाट ¥यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम सँगै काठमाण्ठौको बानेश्वर केन्द्रित आन्दोलन शिक्षकहरुले गरिरहेका छन् । नेपाल शिक्षक महासंघले आजदेखि अनिश्चितकालीन सडक आन्दोलन सुरु गरे लगत्तै संघिय संसदको अधिबेशन पनि सकिएको छ । सरकारसँग भएको पटकपटक भएको सम्झौता कार्यान्वयन भएको भन्दै शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिरहेका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रम सकेर शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनमा सहभागी भइरहेका हुन् ।
महासंघले आन्दोलन अनिश्चितकालीन रहने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको नेतृत्वमा हुन लागेको आन्दोलनमा कम्तीमा ५० हजार शिक्षक सहभागी हुने बताइएको छ । महासंघमा आबद्ध संघ–संगठनहरूका अनुसार १० हजार उपत्यकाभित्रका तथा ४० हजार उपत्यकाबाहिरबाट आएका शिक्षक आन्दोलनमा सहभागी हुने आंकलन छ ।
अहिलेको आन्दोलन वारपारको आन्दोलन हुने र माग पूरा नभएसम्म शिक्षकले सडक नछाड्ने सुवेदीले स्पष्ट पारेका छन् । हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आन्दोलनका कार्यक्रम तय भएका छन् । आन्दोलनको बिभिन्न कार्यक्रम अन्र्तगत आईतबार शिक्षकहरुले सिठी जुलुस निकालेका थिए । उनिहरुले सरकारले आफ्नो माग संबोधन नगरेको र तत्काल शिक्षा ऐन जारी गर्न दबाब दिने उदेश्यले सिठी जुलुस निकालेको बताइएको छ ।
शिक्षक आन्दोलनको माग के छ ?
स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी र करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर चलीरहने बताइएको महासंघले जनाइएको छ ।
मुख्य मुद्धाको रुपमा महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य रहेको बताइएको छ । उद्देश्य प्राप्तिका लागि हामीले गर्ने आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्याादित हुने महासंघको विश्वास छ । हाम्रो इन्द्रावती साप्ताहिकबाट साभार