बनेपा/काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा यातायात कार्यालय स्थापना भएको छ । बनेपा नगरपालिकाको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्सको भवनमा यातायात कार्यालयमा स्थापना भएको हो । यातायात कार्यालय स्थापना गर्नको लागि बनेपा नगरपालिका र श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशबीच सम्झौता भइ स्थापना भएको हो ।
काभ्रेपलाञ्चोक जिल्लावासी र छिमेकी जिल्ला रामेछाप, दोलखा, सिन्धुपाल्चोकलाई सहज हुने गरी कार्यालयको स्थापना गरेको यातायात कार्यालयले जनाएको छ । ‘कार्यालयले काभ्रेपलाञ्चोकको मात्रै नभएर काठमाडौंपूर्वका पाँच जिल्लाहरू सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुली जिल्लाका नागरिकलाई यातायात सेवामा सहजता प्रदान गर्नेछ ।’ ‘काठमाडौं र भुक्तपुरमा रहेको कार्यालयहरूमा सेवा लिन जाँदा अहिलेपनि भिडभाड र अफ्ठ्यारो झेल्दै आएको का्ण कार्यालय स्थापना गरिएको बताइएको छ ।,
कुनै पनि सवारीसाधनको राजस्व तिर्न काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । सवारी जाँचपासको सेवासहित विस्तारै सवारी दर्ता, सवारीचालक अनुमतिपत्र लिने र नामसारी गर्ने लगायतका सेवाहरूसमेत सोही कार्यालयबाट हुने व्यवस्था मिलाउँदै जाने बताइएको छ ।