पनौती
पनौतीमा रहेको नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिले आफ्ना शेयर सदस्यहरुको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
आन्तरिक, धार्मिक पर्र्यटन प्रर्वद्धन तथा सफल सहकारीका गतिविधि आदान प्रदानको उद्देश्य सहित भ्रमण कार्यक्रम आयोजना गरिएको भ्रमण कार्यक्रम संयोजक तथा संस्थाका सल्लाहकार मध्येका एक उपेन्द्र हुमागाईले बताए ।
संस्था तथा भ्रमणमा सहभागी बिच साझेदारी लागत रहनेगरी आयोजना गरिएको कार्यक्रममा संस्थाका कर्मचारी, संचालक समिति उपसमिति लगायत साधरण शेयर सदस्यहरुका लागि खुल्ला गरिएको थियो ।
लुम्बिनी, अर्घाखाँची, पाल्पा पोखरा तथा गोरखाका धार्मिक तथा पर्यटकीय स्थालहरुको भ्रमण गर्नुका साथै पोखरामा रहेको संगम वचत तथा ऋण सहकारी अवलोकनसँगै संस्थाका गतिविधिहरुका विषयमा द्विपक्षीय अन्र्तक्रिया भएको थियो ।
कुल ८३ जना सहभागी भ्रमण कार्यक्रम ४ दिन सम्म संचालन भएको थियो । संस्थाका अध्यक्ष ईन्द्रप्रसाद हुमागाई लगायतका कार्यसममिति सदस्यहरु, सल्लाहकारहरु यज्ञ प्रसाद हुमागाई, राजकुमार तिमल्सिना तथा सह व्यवस्थापक हरेराम आचार्य लगायतले भ्रमणमा सहजीकरण गरेका थिए ।