काठमाडौँ
विहीवार तथा शुक्रवार राति हुने उल्का वर्षा नेपालबाट देख्न सकिनेछ । वीपी कोइराला मेमोरियल प्लानेटोरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले उक्त वर्षा नेपाली आकाशमा सहजै देख्न सकिने जनाएको छ ।
राति ११ बजेदेखि बिहान सूर्योदय हुनुभन्दा अघिसम्म खुला आकाशमा अँध्यारो ठाउँबाट उल्काको वर्षा देख्न बताइएको छ । उल्का वर्षा उत्तरपूर्वी भागमा देख्न सकिने र यसलाई नांगो आँखाले नै अवलोकन गर्न सकिनेछ ।
प्रतिघण्टा ६० देखि १२० वटासम्म उल्का अवलोकन गर्न सकिने बताइएको छ । नेपाली जनजिव्रोमा चलेको भाषामा उल्का वर्षालाई तारा खसेको भन्ने गरिन्छ ।
तस्विर : इन्टरनेटबाट