काठमाडौं
विदेश जाने नेपाली नागरिक र शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना एवम् नेपाल प्रहरीहरुका लागि सवारी चालक अनुमति पत्र शिघ्र प्रिन्ट हुने भएको छ ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै त्यस प्रकारका सेवाग्राहीहरुका लागि निवेदन दिने पोर्टल समेत सार्वजानिक गरेको छ । साथै विभागले त्यस प्रकारका निवेदकले प्राविधिक समस्या नआएका खण्डमा ३ कार्यदिन भित्र स्मार्ट कार्ड छपाई गरि वितरण गरिने जानकारी दिएको छ ।
निवेदकले सावरी चालक अनुमतिपत्र लिन उपस्थित हुँदा पोर्टलमा अपलोड गरिएका कागजातहरुको सक्कल प्रति र अनलाईन निवेदनको प्रिन्ट लिई आउन भनेको छ । त्यस किसिमका सेवाग्राहीले आवदेदन दिनु परेमा यहाँ क्लिक गर्न सक्नुहुने छ ।