रोशी । काभ्रेको रोशी गाउँपालिका स्थित मंगलटारमा अवस्थित इलाका प्रहरी कार्यालय ले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार रोशी गाउँपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । नागरिक सुनुवाई कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदको वेलामा प्रहरीले महत्वपूर्ण योगदान हुने बताए ।
विपदमा प्रहरीकै सहयोगमा जनप्रतिनिधि र कर्मचारीहरू मिलेर नागरिकको सेवामा खटेको भन्दै प्रहरीविना जनप्रतिनिधि र कर्मचारीले मात्र नागरिकको सुरक्षा दिन नसक्ने लामाको तर्क थियो ।
पालिका भित्रका संवेदनशील स्थानहरूमा सिसिटिभी जडान भएको र अन्य स्थानमा पनि क्रमशः थप्दै जाने उनको भनाई छ । नेपाल टेलिकमको नेटर्व २४सै घण्टा नहुने समस्याको समाधानका लागि गाउँपालिकाको टिम सम्बन्धीत निकायसँग छलफल गरीरहेको र छिटै समाधान गर्ने प्रतिबद्धता पाएको उनले बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय मंगलटारले आर्थिक बर्ष २०८०÷०८१ को पहिलो चौमासिकमा गरेको क्रियाकलापहरूको बारेमा जानकारी गुराइएको थियो ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरिक्षक पञ्चलाल गोलेले पहिलो चौमासिकमा गरेका सुरक्षा कायम गर्नका लागि भएका प्रयास, सवारी दुर्घटना, आत्महत्या, आगलागीका घटना तथा विभिन्न अपराधिक क्रियाकलापका जानकारी गराएका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, गाउँपालिका प्रवक्ता वसन्तकुमार लामा, वडाध्यक्षहरू गाउँपालिकाका शाखाप्रमुखहरू सञ्चाकर्मीहरू र स्थानीयहरूको उपस्थिति रहेका थिए ।