पनौती
जिल्ला प्रशासन कार्यालय काभ्रेले तिहारमा राति साँढे नौ बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दैै कार्यालयले शुभदिपावली, छठ, नेपाल संवत् लगायतका पर्वहरुको अवसरमा जिल्लावासी सबैलाई शुभकामना दिएको छ ।
सूचनामा थप भनिएको छ – चाडपर्वको अवसर पारेर हुन सक्ने चोरी,ठगी, गैरकानूनी,अवैध कारोबार÷ कृयाकलापबाट सचेत हुन, पटका अतिसवाजी जस्ता प्रज्ज्वलनशील एवम् विस्फोटक पदार्थ उत्पादन, ओसारपसार,बिक्री वितरण र प्रयोग नर्गनु हुन देउसी,भैलो मेला महोत्सव सभ्य,सुरक्षित र मर्यादित रुपले संचालन गर्नसमेत अनुरोध गरेको छ ।