पनौती
लम्पी स्किन रोगका कारण पशुचौपायाँ गुमाएका कृषकहरुलका लागि पनौती नगरपालिकाले राहत वितरण गरेको छ ।
पिडित कृषकलाई केहि हदसम्म मात्र भए पनि राहात मिलोस भन्ने हेतुुले लम्पीका कारण मरेका प्रति पशुचौपायाँ १० हजारका दरले राहत वितरण गरेको हो । एक कृषक परिवारले २ ओटा सम्म गुमाएको चौपायाँको राहत रकम पाउने छन् ।
नगरपालिकाले नगरका ३ सय लम्पी स्किन पीडित कृषकहरुलाई राहात वितरण गरेको ५ । नगरका १२ वडामा ३ सय १० पशु चौपायाको लम्पी स्किनबाट मृत्यु भएको नगरपालिका सँग रेकर्ड छ ।
नगरपालिकाले लम्पी स्किन पीडितलाई राहात वितरणको मापदण्ड नै तयार पारेर वितरण शुरु गरेको हो । राहात लिनको लागि पशु चौपाया मरेको या गाढेको देखिने गरि फोटो आबश्यक पर्ने र फोटो नभए वडाको ५ जनाको सरजमिन मुचुल्का र वडाको सिफारिस आवश्यक पर्ने नगरका पशु शाखा प्रमुख लिलानाथ सापकोटाले जानकारी बताए ।
नगरपालिकाले विपद व्यवस्थापन कोषबाट उक्त राहात वितरण गरेको हो । पनौतीमा लम्पिन्स्किन रोगको नयाँ सन्क्रमित नभेटिएको र पहिलाकै सन्क्रमित पशु भने करिब १ सय को हाराहारीमा रहेको पशु शाखा प्रमुख लिलानाथ सापकोटाले जानकारी दिएका छन् ।