काठमाडाै
आन्दोलनरत शिक्षकहरुले सहयोग नगर्ने बताएसँगै विभिन्न विकल्प सहित तोकिएकै समयमा कक्षा १२ को परिक्षा संचालन गर्ने सरकारको निर्णय कार्यान्वयनबाट पछि हटेको छ ।
शिक्षकहरुको असहयोगसँगै निजामती कर्मचारी मार्फत परीक्षा संचलान गर्ने खबरहरु बाहिरिए पनि निजामती कर्मचारीहरु उक्त कार्यका लागि तयार देखिएनन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलको हस्ताक्षरमा जारी प्रेस विज्ञप्ति मार्फत उक्त कार्यका लागि असमर्थता जनाएको थियो ।
विद्यालय शिक्षक कर्मचारीहरुको पेशागत हित शैक्षिक क्षेत्र सुधार तथा गुणस्तर अभिबृद्धि लगायतका माग सहितको आन्दोलनमा पुनः समर्थन र ऐक्यबद्धता जनाउँदै उक्त मागहरु प्रति सरकारलाई गम्भिर बन्न अनुरोध सहित विद्यालय शिक्षक कर्मचारी मार्फत नै कक्षा १२ को परीक्षा लगायतका कार्य गराउने वतावरण सिर्जना गराउन विज्ञप्ति मार्फत माग गरिएको थियो ।
मंगलबार दिउँसो सम्ममा केन्द्राध्यक्षहरु नियुक्ति सहित जिम्मेवारी प्रदान गरिएका खबरहरु सार्वजानिक भए पनि साँझ सम्ममा धेरैले जिम्मेवारी पूरा गर्न नसकिने व्याहोराका निवेदन दिएका छन् ।
अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न अनुरोध गरेका थिए ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दीपक काफ्लेसँगको छलफलमा प्र.म ओलीले परीक्षा सार्न अनुरोध गरेका थिए ।