काभ्रे
शुक्रबार बिहानै राजधानी काठमाडौँ सहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय मापन केन्द्रका अनुसार बिहान २ः५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ । एकक बिहानै भूकम्पको कडा धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए।
भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।