पनौती/ पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा एस इ इ सम्मान , पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा २०८० सालमा एस इ इ परीक्षामा उत्कृष्ट GPA ल्याउने बिधार्थीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्री भण्डारीले सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र त्यो गुणस्तरका लागि आभिभावकहरूको पनि उल्लेखनीय भूमिका रहेको बिचार व्यक्त गरे । उनले एसइइ परीक्षामा राम्रो नतिजा ल्याउँदा पनि सूर्योदयले सरलता देखाएको, उत्ताउलोपन नदेखाएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि पनौती नगरका उपप्रमुख गीता बन्जाराले गुणात्मक शिक्षाका लागि सूर्योदय माध्यमिक बोर्डिङ स्कुलको प्रतिद्धता र सोही अनुसारको कामले नगरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुगेको बताइन्। बिधालयका प्रीन्सिपल सूर्यप्रसाद लाकोजूले अंग्रेजी माध्यममा पढाइने स्कुल विदेशी संस्कार सिकाउने थलो बन्न नहुने कुरा बताए।
त्यस्तै नगरको शैक्षिक स्तर बिकास गर्न सूर्योदयको भूमिका उल्लेखनीय रहेको विचार पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सबिन ताम्राकारले राख्नुभएएको थियो । कार्यक्रममा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरू रिजा मधिकर्मी, रिया केसी, अभिभवककातर्फबाट रमेश तिमल्सिनाले आ आफ्ना मन्तव्य ब्यक्त गरेका थिए ।