बनेपा/काभ्रेपलाञ्चोक जिल्लाका स्थानिय निकायहरुले शहर निर्माणलाई प्राथमिकतामा राखे पनि ब्यबस्थित प्रदुषण मुक्त शहर निर्माणको अवधारण लाई अगाडी बढाउन नसक्दा बिभिन्न शहरहरु प्रदुषित शहरको रुपमा बिकसित भएको छ । जिल्लाका विभिन्न स्थानिय तहहरुले बिभिन्न कार्य योजना सँगै शहर निर्माणमा जुटे पनि पछिल्लो समय ब्यबस्थित रुपमा कार्ययोजना अगाडी बढाउन सकेका छैनन् । जिल्लाका एक बाताबरण विज्ञका अनुसार शहरको परिकल्पना त भयो शहर निर्माणमा जुटे पनि शहर लाई कसरी वाताबरण प्रदुषणबाट जोगाउने भन्ने विषयमा कसैको ध्यान जान सकेको छैन । जिल्लाका विभिन्न स्थानिय तहमा पदाधिकारीहरू निर्वाचित हुँदा भन्दा पछिल्लो समय प्रदूषण खासै घटेको छैन । नत उनिहरुको कार्ययोजना बनेको छ नत ब्यबस्थित शहरको परिकल्पना साकार हुने नै यसकारण पनि पछिल्लो समय जिल्लाको शहरको प्रदूषणको स्तर अहिले पनि मानव स्वास्थ्यका लागि खतरनाक नै देखिन्छ तर पनि कसैको ध्यान जान सकेको छैन ।
जिल्लाका बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिका बिभिन्न शहरहरुमा प्रदुषण बढेको छ । यसक्रममा बिभिन्न गाउँपालिकाहरु पनि अछुतो रहेका छैनन् । जिल्लाका रोशी, महाभारत, खानीखोला, तेमाल, भुम्लु, चौँरीदेउराली, बेथानचोक गाउँपालिका कोभिड–१९ को महामारीका कारण भएको बन्दाबन्दीका समयमा प्रदूषण केही कम पक्कै भएको थियो । तर पनि ,जनजीवन सामान्य हुनेबित्तिकै प्रदूषणको स्तर पुरानै अवस्थामा पुगेको नागरिकहरुको गुनासो रहेको छ । स्थानीय तहका जनप्रतिनिधीका साथै स्थानिय तहहरुले मात्रै प्रदूषण नियन्त्रण गर्न पक्कै सक्दैनन् । यस तर्फ सबै सरोकारवालाहरुको ध्यान जान जरुरी छ बनेपाका एक स्थानियले गुनासो पोखे ।
हरेक वर्ष वाताबरण प्रदुषणकै कारण विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको तथ्यांक वाताबरणको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले सार्वजनिक गरी रँहदा बिभिन्न स्थानिय कानमा तेल हालेर बसेको देख्दा जनप्रतिनिधीहरु नागरिक प्रति सचेत नभएको भान भएको छ । राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकहरुले हरेक बर्ष यस्तो बताउँदै गर्दा हामी भने वातावरणका बिषयमा सामान्य चिन्तामा पनि छैनौ । विश्वको झण्डै ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा श्वासप्रश्वास गरिरहेको उल्लेख भई रहेको छ । मृत्यु हुने झण्डै ७० लाखमध्ये ६ लाख बालबालिका रहेका छन् । यो हृदयविदारक तथ्याङ्क हो । यस कारण पनि सबै स्थानिय तहले वाताबरण स्वच्छ बनाउन लागि पर्नु पर्ने देखिन्छ । वायु प्रदुषण शान्त, अदृश्य तथा भयानक घातक समस्या हो । यसबाट महिला, बालबालिका र गरिबी समुदायका मानिसलाई सबैभन्दा बढी असर पारिरहेको छ । ब्यबस्थित कार्ययोजनाको अभाबका साथै शहर क्षेत्रमा अनियन्त्रित पसल ब्यबसाय बाट र सवारी साधनबाट प्रदुषण बढेको बताइएको छ । बनेपामा त जनप्रतिनिधीहरुको मौन पनाका कारण प्रदुषण बढेको देखिन्छ । यसबाट ब्यबसायीहरु थप मारमा परेको ब्यबसायीहरुको गुनासो रहेको छ ।
‘इन्भारोमेन्ट परफरमेन्स (ईपीआई) इन्डेक्स’ का अनुसार वायु प्रदुषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा रहेको छ । यस अन्र्तगत बनेपा शहर पनि परेको बताइएको छ । परेको प्रतिवेदनमा वायु प्रदुषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको छ । हाम्रा छिमेकी मुलुक भारत र बंगलादेश झन् नेपालभन्दा बढी प्रदुषितको सूचीमा परेका छन् । दक्षिण एसियाका नेपालसहित भारत र बंगलादेशको वायु प्रदुषणको गुणस्तर सबभन्दा खराब पाइएको छ । यसकारण पनि डब्ल्यूएचओको तथ्यांकले नेपालमा प्रदूषण र यसको कारण हुने मृत्युदर पनि बढिरहेको देखाएको छ । तथ्यांकले नेपाललाई दक्षिणएशियामा यो कोटिको दोस्रो स्थानमा राखेको छ । त्यस अनुसार, नेपालमा हरेक वर्ष प्रति एकलाख जनसंख्यामध्ये वायु प्रदूषणका कारण १ सय ९३ जनाको मृत्यु हुने गरेको छ । यस कारण पनि वाताबरण प्रदुषण रोक्न जरुरी भएको छ । नेपाल पनि वातावरण विनाशको बढ्दो दर र त्यसको व्यवस्थापनको विश्वव्यापी चासोबाट अछुतो रहन सक्दैन । जस्को सिधै संबन्ध मानब जिवन र हाम्रो साझा घर पृथ्वीसँग जोडिन्छ ।
। मानव स्वास्थ्य रक्षा र वातावरण संरक्षण प्रत्येक राज्यको दायित्व अन्तर्गत पर्दछ । वातावरण एक वृहत् विषय हो जसले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा तिनीहरु बीचको अन्तरसम्बन्धलाई जनाउँछ । वर्तमान सन्दर्भमा प्रमुख रुपमा रहेका वातावरणीय समस्याहरू वायुप्रदुषण, पानी र माटोको प्रदुषण, जलवायु परिवर्तन, वातावरणीय विनाश साथै मानवसिर्जित वातावरणीय समस्या हुन् । नेपालमा वायु प्रदूषण एक प्रमुख वातावरणीय समस्या मात्रै नभएर यो एक सामाजिक समस्याका रूपमा नै फैलिदै छ । यसले हाम्रा आर्थिक र सामाजिक विकास लक्ष्यलाई नै चुनौती दिँदैछ ।
एक अध्ययन अनुसार पीएम २.५ बाट प्रभावित हुनेमध्ये ७० प्रतिशत मानिसको ज्यान उच्च रक्तचाप, मुटु रोग, हृदयघात, मष्तिष्कघातजस्ता समस्याले लिन्छन् । यस्तै, १४ प्रतिशतमा क्यान्सरको समस्या आउँछ । बाँकी १६ प्रतिशतमा पनि फोक्सोको समस्या देखिन्छ । किनकी वायु प्रदुषणका कारण मानिसमा मुटु सम्बन्धी रोगको जोखिम बढ्दछ । एक नयाँ अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । वायु प्रदुषणले मानिसमा रक्तधमनीलाई कडा बनाउने वा अथेरोस्क्लेरसिसको प्रक्रियालाई तिव्र बनाइदिन्छ । रक्तधमनीहरु कडा भएर राम्रोसँग रगत पम्प गर्न नसकेपछि मानिसमा हृदयाघातको खतरा बढ्दछ । स्वासप्रश्वास, छाती, एलर्जी लगायतका समस्या मात्रै होइन, नाकमा मासु पलाउने समस्या पनि वायु प्रदुषणकै कारण हुन्छ ।
अझ प्रष्ट रुपमा भन्दा ब्रोङकल आस्माको समस्या बढेको छ । एक वर्षको अवधिमै अहिले यो समस्या झण्डै डबल भएको छ भन्दा फरक नपर्ला । वैज्ञानिकहरुका अनुसार लामो समयसम्म प्रदूषित वायूमा श्वास फेर्दा प्रदूषणको कणले साइनसलाई भरिदिन्छ । यसले टाउको दुख्ने, सर्दी, तथा श्वासप्रश्वास सम्वन्धि समस्याहरु उत्पन्न हुन्छन् । समयमा उपचार भएन भने अपरेसन गर्नुपर्ने पनि हुन सक्छ । साइनसको मार्ग अवरुद्ध हुँदा साइनोसाइटिस नामक रोग लाग्न सक्छ । आमरुपमा मानिसहरु साइनोसाइटिसप्रति त्यति गम्भीर हुँदैनन् । तर, यसबाट ब्रोन्काइटिस तथा दम पनि हुन सक्छ । अधिकांस साइनस संक्रमण रुघाबाट सुरु हुन्छ । रुघा भाइरसले गर्दा हुन्छ जसमा सामान्य रुपबाट साइनस टिस्यू सुन्निन सक्छ । सुन्निने कारण हावाका ठाउँमा साइनसमा पिप जम्छ जसले साइनस बन्द हुन्छ । साइनस संक्रमणमा सेवन गरिने एन्टिबायोटिक औषधिले केवल ब्याक्टेरिया मार्नलाई सहयोग गर्छ । यसको लक्षण एक वा दुई हप्तामा आफैं सुधार हुन्छ । वायु प्रदूषण जतिसुकै मात्रामा भए पनि मानिसको स्वास्थ्यलाई हानि नै पु¥याउँछ । वायु प्रदूषणले तत्काल सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा असरदेखि दीर्घकालीन रूपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम र बालबालिकामा मस्तिष्क विकास तथा वयस्कको प्रजनन क्षमतासमेत ह्रास गराउँछ । विश्व स्वास्थ्य सङ्गठनको अनुसार कुनै पनि खालको वायु प्रदूषणले क्यान्सरको सम्भावनालाई बढाउने गर्छ । फोहोर जलाउने कार्य,ईट्टा भट्टा र घर÷घर बाट निस्किने फोहोर र धुँवा नियन्त्र को ब्यबस्था अति जरुरी छ । निर्माणाधिन घर वा अन्य स्थान लाई माटो र बालुवा नियन्त्रण गर्न जनचेतना र नटेर्ने लाई कार्वाही गर्ने मेकानिजम् बिना काम हुने देखिदैन । अर्को तर्फ गाँउ गाँउ पुगेका स्थानीय सरकारले पनि प्रदुषण नियन्त्रणका कानुन बनाएर कडाईका साथ लागू गर्न सक्दा केही समाधान हुन सक्छ । सार्वजनिक यातायातको व्यवस्थामा त पालिकाहरूहरूले सिन्को पनि भाँचेनन् । सार्वजनिक यातायातको बन्दोबस्तमात्र मिलाउन सकेको भए पनि वायु प्रदूषणको मात्रा घटाउन धेरै सहयोग पुग्ने थियो ।हाम्रो इन्द्रावती साप्ताहिक बाट साभार