बेथानचोक
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिकालाई पोस्टर हस्तान्तरण गरेको छ ।
बालबालिका माथि हुने यौनजन्य दुव्र्यवहारविरुद्ध सचेतना अभिवृद्धि कार्यक्रम अन्तर्गत पालिकाले पोस्टर हस्तान्तरण गरेको हो । पालिकाको सभाहलमा आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोक प्रहरी उपरीक्षक बसुन्धरा खड्काले पालिका अध्यक्ष भगवान अधिकारीलाई पोस्टर हस्तान्तरण गरेकी हुन् । पालिका भित्र रहेका विद्यालयहरुमा उपलब्ध गराउने उदेश्य सहित उक्त सामग्री प्रदान गरिएको हो । वितरित सामग्री पालिका मार्फत विद्यालय सम्म पुर्याइने छ ।
प्रहरीले सामुदायिक सुरक्षा अभिवृद्धि गर्नका लागि स्थानीय स्तरमा नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकायहरू, विभिन्न क्षेत्रका सामाजिक संघ संस्थाहरूसँगको समन्वयमा यस प्रकारको कार्य गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र स्थानीय निकायहरुसँगको समन्वयमा बालबालिका माथि हुने यौनजन्य दुब्र्यबहार बिरुद्ध सचेतना अभिवृद्दि गर्ने उद्देश्यका साथै स–साना बालबालिकाहरुको सोचाई र बुझाईमा परिवर्तन र एकरुपता ल्याउनका लागि जिल्लका १३ वटै पालिकाका सबै विद्यालय र कलेजमा त्यस किसिमका पोस्टर पुर्याइने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको सूचना अनुसार ‘पोष्टर क्याम्पियन’ नाम दिएको उक्त अभियान नमोबुद्ध नगरपालिका तिमाल गाउँपालिका , रोशी गाउँपालिका , बनेपा नगरपालिका र पाँचखाल नगरपालिका प्रमुखहरु समक्ष हस्तान्तरण गरिसकेको छ । बाँकी पालिकाहरुमा यहि माघ मसान्त भित्र हस्तान्तरण गर्ने लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । ।