बनेपा ⁄ रोशी गाउँपालिका वडा नम्बर ११ भिमखोरी निवासी कृष्णमान तामाङ एक सामान्य किसान हुन् । उनि आफ्नो गुजारा चलाउनका लागि खेती किसानी गर्दै आइरहेका छन् । घरमा छोरा छोरी पनि छन् कोही बिदेश त कोही स्वदेशमै । उनको साथमा श्रीमती गुणमायाँ तामाङ पनि छिन् । दुःख जेलो खेती किसानी गर्दै घरपरिवार राम्रै सँग चलाइरहेका कृष्णमान लाई केही समय अगाडी मात्र स्वास्थ्यले साथ दिएन । बनेपामा रहेको शिर मेमोरियल अस्पताल गएर चेक गराउँदा कानमा समस्या रहेको र कृष्णमानले आजिवन कान सुन्न नसक्ने जानकारी शिर मेमोरियल अस्पतालका डाक्टरले गुणमायाँ लाई जानकारी दिए । गुणमायाँ छाँगाबाट खसेझै भइन् के गर्ने के नगर्ने उनिलाई पत्तै भएन ।
कृषी कर्ममै जीवन चल्दै थियो । केही समय अगाडी गाउँकै एक जना दिदी मार्फत चिनजान भएको गाउँकै भाई अशोकबुद्ध लामा मार्फत श्रीमान र आफ्नो जीवन बिमा गराएकी गुणमायाँलाई श्रीमानलाई घातक रोग लागेको र श्रीमानले उपचार बापत रकम पाउने भन्ने थाहा थिएन गुणमायाँले भनिन् । एकदिन जीवन विमा अभिकर्ता अशोकबुद्ध लामा गाउँमा डुल्न जाँदा कृष्णमानको त्यो अबस्था देखेपछी लामाले घर परिवार सँग कुरा गरी उनको उपचार वापत पाउने ५ लाख रकम परिवार लाई दिलाउन लागि परे । यो कुरा सुनेपछी परिवारमा कृष्णमानको उपचार हुने कुराले खुसी दिलायो र केही दिन अगाडी मात्र घातक रोगको उपचार वापतको कृष्णमानले पाउने ५ लाख रकम सिटिजन लाईफ इन्स्योरेन्सले कृष्णमानलाई पत्रकार सम्मेलन गरी हस्तानतरण गरेको छ । रकम पाए सँगैं कृष्णमान र गुणमायाँ उपचार गर्न सहझ हुने भन्दै खुसी भएका छन् ।
सिटिजन लाईफ इन्स्योरेन्सका चिफ बिजनेस अफिसर सुनिल पोख्रेल साथै शाखा प्रमुख ओमराज लामा र अशोकबुद्ध लामाले घातकरोग भुक्तानी कार्यक्रम अन्र्तगत संयुक्त रुपमा कृष्णमान लामा र उनको परिवारलाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् । सिटिजन लाई इन्स्योरेन्सका चिफ बिजनेस अफिसर सुनिल पोख्रेलले दिएको जानकारी अनुसार सिटिजन लाईफ इन्स्योरेन्समा जीवन बिमा गरे वापत २० वटा घातक रोग लागेमा उपचार वापत विमितले ५० लाख सम्मको उपचार खर्च पाउने बताए । सिटिजन लाईफ इन्स्योरेन्सको बनेपा शाखामा हाल १४८० जना विमित रहेको शाखाले जनाएको छ । अहिले शाखामा ७५७ जना अभिकर्ताहरु रहेको शाखा प्रमुख ओमराज लामाले बताए ।