पनौती
गृहमन्त्री रमेश लेखकले गत असोज दोस्रो हप्ताको अविरल वर्षाको कारण गएको बाढीपाहिरोले पुगेको क्षतिको पछिल्लो विवरण तथा पःुनस्थापना, पुर्ननिर्माणका लागि गरिएका कार्यहरुका विषयमा जानकारी लिएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालसँग जिल्लाको समग्र अवस्था तथा पछिल्ला क्रियाकलापका बारेमा जिज्ञासा राखेका थिए । त्यसैगरी पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीसँग नगरभित्रका संरचनामा भएको क्षतिको विवरण तथा पुनःनिर्माण क्रियाकलापका विषयमा चासो राखेका थिए ।
मातृशोकमा रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुमागाई परिवारमा समवेदना प्रदान गर्न उपस्थित हुने क्रममा मन्त्री लेखकले उक्त विषयमा जानकारी लिएका हुन् । शनिवार समवेदना प्रदान गर्नका लागि हुमागाई निवासमा मन्त्री लेखक उपस्थित भएका थिए । शनिवार नै पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका केन्द्रीय नेताहरु समवेदनाका लागि हुमागाई निवास उपस्थित भएका थिए ।
पनौती स्थित हुमागाई निवासमा काग्रेस नेता गोपालमान श्रेष्ठ, शसांक कोइराला, इन्द्र बानियाँ,जिल्ला सभापति तिर्थ लामा मिनकृष्ण महर्जन, माननीय गोकुल बास्कोटा लगायत दर्जर्नौ केन्द्रीय स्तरका नेता तथा सयौका संख्यामा कार्यकर्ता तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।