काभ्रे
सिद्धार्थ वनस्थली इन्स्टिच्युट पनौतीले एसइई उत्र्तीण तथा कक्षा १२ उत्र्तीण गरेका विद्यार्थीहरुलाई बिदाइ तथा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागतका साथ कक्षा प्लेग्रुप देखि १२ सम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाको सभापतित्व रहेको थियो ।
कार्यक्रममा बोल्दै पूर्व उपकुलपति शर्माले काठमाडौं विश्वविद्यालय काभ्रेमा स्थापना भएर काभ्रे लगायत देशलाई नै ठूलो योगदान दिन सफल भएको दावी गरे । उनले देशको अगाडि एउटा व्यक्ति गौण हुने भन्दैै प्रत्येक नागरिकको राज्यप्रति विशेष दायित्व रहनुपर्ने बताए । साथै शर्माले विद्यार्थीहरुलाई असल संस्कार र सहज वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सिद्धार्थ वनस्थलीको प्रगतिको कामना गरे ।
विद्यालयका पूर्व विद्यार्थी समेत रहेका नेपाल सरकारका उप सचिव राम कुमार सापकोटाले २०५६ सालको एसएलसी परीक्षामा प्रथम स्थान हासिल गर्दै विदाईको क्षण स्मरण गर्दै हालको समयमा इन्स्टिच्यूटले कुशल शिक्षकहरु पाएकोले विद्यालयको भविष्य सुन्दर रहेको बताए ।
प्यावसन काभ्रे अध्यक्ष श्याम बहादुर भूजेलले परीक्षामा सफल तथा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई सफलताको शुभकामना दिएका थिए ।
उपस्थितलाई स्वागत गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव थापाले कार्यक्रमका प्रमुख अतिथि डा. शर्माले पुर्याएका योगदानको चर्चा गर्दै सिद्धार्थ स्कुल स्थापनामा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । साथै उनले सिद्धार्थ वनस्थलीले शैक्षिक क्षेत्रमा पाएको जिम्मेवारी कुुशलता पूर्वक निर्वाह गर्ने समेत बताए । उक्त विद्यालयबाट एसइई उर्तिण भएका २५ जना, कक्षा १२ उर्तिण १३ जनालाई बिदाइ गरिएको थियो भने कक्षा ११ का ४१ जनालाई स्वागत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध सास्कृतिक कार्यक्रम प्रस्तुुत गरेका थिए । भने विद्यालयले विभिन्न समयमा आयोजना गरेको अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीहरु कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्यावसन केन्द्रका उपमहासचिव भीमसेन केसी,प्यावसन जिल्ला कार्यसमिति अध्यक्ष तथा पदाधिकारीहरु,स्थानीय जनप्रतिनिधिहरु,गुठीयारहरु ,पनौतीका विद्यालयका प्रधानाध्यापकहरु लगायतको उपस्थिति रहेको थियो ।
यस विद्यालयका संस्थापक लक्ष्मण राजवंशी हुन् । कार्यक्रममा राजवंशीको तस्विरमा माल्र्यापण गरिएको थियो । हाल विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित छ । उक्त गुठीका अध्यक्ष क्याप्टेन रामेश्वर थापा छन् ।
विद्यालयलाई शैक्षिक हबका रुपमा विकास गरी आवश्यक पूर्वाधार र गुणस्तरीय शिक्षाका लागि दक्ष जनशक्ति व्यवस्थापन गरी जीवनोपयोगी शिक्षा उपलब्ध गराउने उद्देश्य विद्यालयले राखेको विद्यालयकी प्रधानाध्यापक रेस्मा थापाले बताइन् । विद्यालयमा ६ सय विद्यार्थी अध्ययनरत छन् भने ४५ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रधानाध्यापक थापाले बताइन् ।