काभ्रे
नेकपा (एकीकृत समाजवादी)को पोलिटव्यूरो सदस्यमा काभ्रेबाट तीन जना विजयी भएका छन् ।
प्रदेश सांसद समेत रहेका लक्ष्मण लम्साल, मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईवा र पूर्व सांसद विदुर सापकोटा विजयी भएका हुन् । निर्वाचनबाट लम्सालले १४८ मत वाइवाले १२८ मत र सापकोटाले ११९ मत ल्याएका थिए ।
पार्टीको पोलिटव्युरोमा ८४ जना विजयी हुनुपर्नेमा काभ्रेबाट ४ जनाले उम्मेदवारी दिएका थिए ।