पनौती
फेसबुकमा लाइक, कमेन्ट गरेको भन्दै आफ्ना कार्यकर्तलाई कुटपिट गरेको विरोधमा नेपाली कांग्रेस पनौती नगर समितिले खेद प्रकट गरेको छ ।
नेपाली काँग्रेस नगर समितिका कार्यवाहक सभापति श्रीराम थापाद्वारा हस्ताक्षरित खेद पत्र अनुसार शान्ति निकेतन मा.वि पनौती १ का शिक्षक दीपक न्यौपानेले कुटपिट गरेका हुन् । पनौती वडा नं २ का अच्युत गौतमले न्यौपानेका बारेमा लेखिएको सामग्री फेसबुकमा अरु कसैले गरेको पोष्ट माथि कमेन्ट लाइक गरेको भन्दै सार्वजानिक स्थलमा कु्टपिट गरेको आरोप छ ।
‘सामाजिक संजालमा प्रविष्ट विषयवस्तुहरुको कमेन्ट वा लाइक गर्दा चित्त नबुझे उपचारको खोजी गर्ने कानुनी व्यवस्था हुँदा हुँदै साङ्घातिक आक्रमण हुनु निन्दनीय छ ।’ खेद पत्रमा भनिएको छ ।
गौतम नेपाली काग्रेस पनौती वडा नं २ का वडा सचिव हुन् । गौतमको अहिले शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको जनाइएको छ । गौतम नेपाली काँग्रेस पनौती वडा नं ३ वडा कार्यसमितिका सचिव समेत हुन ।