काभ्रे
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले नेपालकै इतिहासमा ठूला दलहरु एकठाउँमा उभिँदा राजनीतिक उपलब्धि प्राप्त हुने गरेको बताएका छन् । ऐतिहासिक तथ्यहरुलाई जोडदै लेखकले बर्तमान अवस्थामा पनि अस्थिर सरकारको अन्त्य र विकास निर्माणका कार्यलाई तिब्र बनाउन नयाँ समिकरण बनेको बताए ।
हालको राजीतिक प्रयोगलाई असफल बनाउने छुट कसैलाई नभएको भन्दै राजनीतिक स्थिरता कायम गर्नु समिकरणको मुख्य उद्देश्य रहेको बताए । राजनीतिले सिर्जना गरेको रचानात्मक र सकारात्मक उपलब्धि स्वरुप यो सत्ता गडबन्धन बनेको भन्दै लामो समय देखि थाति रहेको द्वन्द्व पिडितहरुलाई न्याय दिने र यस प्रकारका द्वन्द्व पुनः भोग्न नपरोस भन्ने उद्देश्य सहित उपलब्धिमुलक कार्य भएको बताए ।
विकास कार्य, आर्थिक उन्नति शान्ति सुशासन अमनचयन भष्ट्रचार नियन्त्रण र आर्थिक शिथिलताको अन्त्य गर्नु बर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको उनको भनाई थियो ।
फरक प्रसंगमा लेखकले पनौतीमा निर्माणधिन प्रहरी प्रतिष्ठान पनौती क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए । प्रतिष्ठान संचालन पछि यहाँको व्यपारिक क्रियाकलाप बढ्ने भन्दै त्यसले समग्र पनौती क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने उनको भनाई थियो ।