काभ्रे
अन्तराष्ट्रिय कथा वाचिका प्रतिभा पराजुली (श्री देवी प्रतिभा)लाई पनौती नगरपालिकामा अभिनन्दन तथा सम्मान गरिएको छ ।
श्रीमद् भागवत् कथा प्रवचन लगायतका अध्यात्मिक गतिविधि मार्फत नेपाललाई चिनाएको भन्दै उनको जन्म जिल्ला काभ्रेको पनौतीमा पनौती नगरपालिका र काभ्रे सेवा समाजद्वारा अभिनन्दन सम्मान गरिएको हो ।
कथा वाचिका प्रतिभालाई सयौंको संख्यामा उपस्थित भक्तजनहरुले स्वागत गरेका थिए । प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थलहरुको परिक्रमा तथा प्रसिद्ध त्रिवेणीधाम,इन्द्रेश्वर मन्दिर मुक्तिनाथ मन्दिरको दर्शन पछि औपचारिक कार्यक्रम अयोजना गरिएको थियो ।
अभिनन्दन कार्यक्रममा मन्तव्य राख्दै वाचिका देवी प्रतिभाले आफू नेपालकी छोरी भएको र प्रसिद्ध पनौतीलाई विश्वसामु चिनाउन आफ्नो क्षेत्रबाट कार्यगर्ने बताइन् ।
पनौती नगरप्रमुख रामशरण भण्डारीले पनौतीको प्राचिन इतिहाससँगै पनौती नाम कसरी रहुयो भन्ने प्रसँग उल्लेख गर्दै लड्केश्वर, धनेश्वर फूलचोकी,लगायतका स्थालहरुले भरिएको पनौती क्षेत्रको महिमा विश्वसम्म प्रचार प्रसार गरिनुपर्ने प्रसंग उल्लेख गर्दै नेपालकी चेली देवी प्रतिभालाई पनौती क्षेत्रको प्रचारका लागि अनुरोध गरे ।
कार्यक्रम काभ्रेसेवा समाजका अध्यक्ष प्रल्हाद केसीको सभापतित्वमा सम्पन्न भएको छ ।