नमोबुद्ध गुम्बा भ्रमण गरी फर्किने क्रममा गोरेटोबाटोबाट चिप्लिई जंगलको खोल्सामा खसेकी एक फ्रान्सेली नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ ।
फ्रान्स घर बताउने अन्दाजी ५५ वर्षिय ऋथलतजष्ब एभतचष्नज धुलिखेल न.पा. १२ ताईचे खोल्सामा खसी उठन नसक्ने अवस्थामा पुगेकी थिइन् । खोल्सामा खसे पछि उनले नेपाल प्रहरीलाई फोन गरेकी थिइन् ।
खबर पाएसँगै घटनास्थल पुगेका प्रहरी टोलीले उनको उद्धार गरेको थियो । उद्धार पछि उनलाई श्यामपाटी प्रहरी चौकीमा ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनकोे शरीरमा कुनै निल डाम, घाउ, चोट पटक नभएको र निजको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।