लोकदोहरी क्षेत्रका उदाउँदो गायक सुवास तिमल्सिनाले ‘जुनी फेर्छु म’ सार्वजानिक गरेका छन् ।
वैदेशिक रोजगारीमा गएका केही युवाहरुको पारिवारिक समस्यालाई उनले यस गीतमा समावेश गरेका छन् । सामाजिक विषयवस्तु तथा मौलिकतामा आधारित उनका लोकगीतहरु सन्देशमुलक हुने गरेका छन् ।
आर्थिक समस्याका कारण वाध्यतात्मक परिस्थितिले मन नहुँदा नहुँदै वैदेशिक रोजगारीमा जानुपर्ने र फर्किर आउँदा आफ्ना परिवारबाट धोका पाउने समस्या समाजमा धेरै देखिएका र त्यसकै आवज ‘जुनी फेर्छु म’ भएको तिमल्सिनाको भनाई छ ।
यस अघि उनले ‘ए माया’ ‘कान्छी’,‘घोर्ले पोइ’, ‘परदेशीको तिहार’ जस्ता लोकदोहरी गीतहरु सार्वजानिक गरि सकेका छन् । यो उनको पाँचौ लोकदोहरी संस्करण हो । भिडियो उनकै सुवास तिमल्सिना युट्युब च्यानाल मार्फत सार्वजानिक गरेका हुन् ।