काभ्रे
पनौती नगरपालिका वडा नं १० मा सहकाली देवी मन्दिर शिलालेख उदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
वागमती प्रदेश पुर्व पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि वडा नं १० का वडा अध्यक्ष मोहन वहादुर भण्डारीले रहेका थिए । उक्त कार्यक्रममा अतिथिको रूपमा रहेकी पुण्य मा वि पनौतीकी प्रधानाध्यापक सरस्वती कणेलले स्थानीय ४० जना जेष्ठ नागरिकहरुलाई हर्लिक्स वितरण सहित सम्मान गरकी थिइन।
स्थानीय समाजसेवी माधव थापाले मन्दिर स्थापना र अक्षयकोष स्थापनाको लागि विषेश पहल गरेका थिए । उद्धव आचार्यले संचालन गरेको कार्यक्रममा केदार बहादुर थापाको सभापतित्व रहेको थियो ।