पनौती
काभ्रेको पनौती स्थित नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाले चालुु आ.वको वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धी अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
संस्थाको कर्पोरेट भवन गणेशस्थानमा शनिवार आयोजत गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनाले संस्थाको आर्थिक तथा समाजिक गतिविधिहरुका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । तिमल्सिनाले हाल संस्थाको कुल शेयर पुँजी ९६ करोड ७९ लाख १ हजार १ सय रहेको जानकारी दिए ।
तिमल्सिनाले प्रस्तुत गरेको प्रतिवेदनका विषयमा अन्तक्रिया समेत भएको थियो । संस्थाका प्रशिक्षक, सल्लाहकार लगायतले विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका लेखा समिति संयोजक रमेशराज लवट, सल्लाहकारहरु राजकुमार तिमल्सिना, यज्ञप्रसाद हुमागाई, पनौती सेवा केन्द्र उप संयोजक श्याम बस्नेत लगायतले संस्थाको गतिविधिका विषयमा चर्चा गरेका थिए ।
संस्थाका प्रशिक्षक उपेन्द्र हुमागाईले संस्थाका आर्थिक सामाजिक लगायतका विषयमा चर्चा गर्दै चूनौतीका सामना गरिरहेका सहकारी संस्थाहरु कसरी सवल बन्ने भन्ने विषयमा जानकारी गराएका थिए । सचिव अकुर सापकोटाले संचालन गरेको कार्यक्रम संस्थाका अध्यक्ष इन्द्रप्रसाद हुमागाईको सभापतित्वमा सम्पन्न भएको थियो । गोष्ठीमा विभिन्न उपसमिति सेवाकेन्द्रका पदाधिकारीहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।