बेथाञ्चोक/नेपाली काङ्ग्रेस बेथानचोक गाउपालिका वडा नम्बर ६, महाङ्कालचौरले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष एबम् १०० दिने अभियानका प्रतिनिधि शम्भु प्रसाद घिमिरेले प्रशिक्षकको रूपमा सहजीकरण गरेको कार्यक्रममा महांकालचौरका नेपाली काँग्रेस साथै नेपाल शिक्षक संघ संग आबद्द सदस्यहरूको उपस्थिति रहेको थियो । नेपाली काँग्रेस महांकालचौर कार्यसमितिको आयोजनामा भातृ तथा शुभेच्छुक सस्थाहरुको प्रतिनिधि लाई प्रशिक्षण सँगै नेपाली काँग्रेस तथा नेपाल शिक्षक संघमा प्रवेश नयाँ सदस्यहरु लाई स्वागत गरिएको थियो । कार्यक्रम बेथान्चोक गाउपलिका वडा नम्बर ६ का काङ्ग्रेस सभापती भिम बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, विशिष्ठ अतिथीहरुमा नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भु प्रसाद घिमिरे नेपाली काङ्ग्रेस बेथानचोकका सभापति प्रेम बहादुर तिमल्सिना,नेपाली काङ्ग्रेस जिल्ला सद्स्यहरु दुर्गा प्रसाद अधिकारी र सन्जय लामा लगायत स्थानिय नेता तथा कार्यकर्ता हरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै बेथान्चोक गाउँपालिकाका अध्यक्ष अधिकारीले नेपाली काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानबाट गाउँको विकास समस्या एकिन गर्दै विकास निर्माणमा लाग्न सहज भएको भनाइ व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष शम्भु प्रसाद घिमिरेले शिक्षक संघमा प्रवेश गरेका शिक्षकहरुलाई सदस्यता रसिद सहित टीका लगाएर स्वागत गरेका थिए। बिभिन्न संघ संगठनबाट शिक्षक संघका प्रवेश गर्ने नव प्रबेशी शिक्षकहरुमा सिद्धार्थ थापा , करेस्मा तामाङ, शोभा तामाङ रहेका छन् । १५० भन्दा बढी सहभागी रहेको सो कार्यक्रम पार्टी सचीव रबिन तामाङले सन्चालन गरेका थिए । कार्यक्रममा अन्य पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेहरुलाइ पनि स्वागत गरिएको छ ।