पनौती ⁄ यतिबेला नेपाली काँग्रेस काभ्रेपलाञ्चोकमा नेता शिव प्रसाद हुमागाईको सबपरिवार मातृशोकमा छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका खम्बाको रुपमा परिचय स्थापित गरेका नेपाली काग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँई आमा देवमाया हुमागाँईको शोकमा रहेका उनी सँगैं उनको परिवार यति बेला आमाको १० औं दिनको शोकमा रहेका छन् ।
यतिबेला जिल्ला सँगैं विभिन्न जिल्ला र केन्द्रिय स्तरका नेताहरुको हुँमागाईको घरमा दुःखमा साथ दिनको लागि लामबद्ध भएका छन् । यो कारण भनेको नेपाली काँग्रेसलाई बलियो बनाएको र राष्ट्रिय राजनीतिमा दिएको योगदानको कदरस्वरूप उनको प्रख्याती कहिल्यै नघट्ने पुष्टि भएको छ । ।
उनकी आमालाई श्रद्धासुमन दिनका लागि शितलनिवासदेखि कोइराला निवाससम्मका व्यक्तित्वहरू काभ्रेपलाञ्चोक आई पुगेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिमा राम्रो प्रभाव र दख्खल राखेका हुमागाँईलाई भेट्नका निम्ति सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङका साथै महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, युवा नेता प्रदीप पौडेल, गुरू घिमिरे सँगैं दर्जनौं केन्द्रिय तहका नेताहरु आइपुगेका छन् ।
आज मात्र नेता विमलेन्द्र निधि पनि हुमागाईं निवास आई पुगेका छन् । निधीसँगै कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु देउवा पनि हुमागाईं निवास पुगेकी थिइन् । हुमागाईं परिवारलाई समवेदना प्रदान गर्नका लागि कांग्रेसका ६ जना सहमहामन्त्री हुमागाईं निवास पनौती पुगेका थिए । साथ,ै पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र शसांक कोइराला, प्रवक्ता प्रकाशरण महत पनि हुमागाँईकी स्व. आमालाई श्रद्धासुमनसहित परिवारजनलाई समवेदना प्रकट गर्न निवासमा पुगेका छन् । गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक लगायत केन्द्रीय समितिका बिभिन्न बिभाग प्रमुखसहित अधिकांश नेताहरु, बाग्मती प्रदेश सभापति इन्द्र बानियाँलगायत अन्य प्रदेश सभापति समेत पनौतीस्थित निवास पुगेका थिए । संघीय सरकारका बिभिन्न मन्त्रीहरु, बाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनलगायतका नेता कार्यकर्ता पनौतीस्थित हुमागाई निवास पुगी श्रद्धासुमन र समवेदना प्रकट गरे ।
हुमागाई परिवारलाई समवेदना प्रकट गर्न पनौतीमा राष्ट्रपति पौडेलपुत्रीद्वय संज्ञा र अवज्ञा पुगेका थिए । राष्ट्रपति पौडेलको समेत श्रद्धासुमन र समवेदनाको सन्देश बोकेर संज्ञा र अवज्ञा पुगेका थिए। राष्ट्रपति पौडेलका सचिवालयको पूरै टोली पनि पनौती पुगेको थियो । राष्ट्रपति सचिवालय प्रमुख अवज्ञा पौडेल, राष्ट्रपति पुत्री एवं स्वकीय सचिव संज्ञा पौडेल, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, स्वकीय उपसचिव सुशिल तिमल्सिना लगायत हुमागाँई निवासमा पुगेका थिए । यस सगैं जिल्लाका नेकपा एमाले, नेकपा माओवादी साथै अन्य दलका नेता तथा सामाजिक संघ संस्थाका प्रतिनिधीहरुका साथै,सुरक्षा निकायमा प्रमुखहरुको पनि उल्लेख्य उपस्थिती रहेको छ ।
आमाको शोकमा रहेको हुमागाई परिवारले मात्र होइन काभ्रेपलाञ्चोक जिल्लाको नेपाली काँग्रेसले केन्द्रीय सदस्य हुमागाई सहित उनको परिवार लाईनै काँग्रेसको खम्बाको रुपमा हेरिरहेको छ । नेपाली काँग्रेसको केन्द्रिय सदस्य रहेका शिव प्रसाद हुमागाईको दाजु नेपाली काँग्रेस बाट पनौती नगरपालिका वडा नं. ९ का पूर्वसभापति श्रीकृष्ण हुमागाँई, भाइ वडा नं ९ का वडा अध्यक्ष सहकुल हुमागाँई, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद एंव नेपाल रेडक्रस सोसाइटी बनेपा शाखाका निवर्तमान सभापति रघुनाथ हुमागाँई रहेका छन् । आमाप्रती साझा पत्रिका परिवारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली एंव हुमागाई परीवारमा हार्दिक समवेदना ।