क्रोसियामा दुई नेपाली चलचित्र प्रदर्शन हुने भएका छन् ।
डिसेम्बर २५ क्रिसमसको दिन पारेर चलचित्र छक्का पञ्जा ‘५’ र ‘१२ गाउँ’ प्रदर्शन हुने भएको हो । राजधानी जाग्रिबको नेशनल युनिभर्सिटी सेसभेटमा चलचित्रको प्रदशर्न गरिने सञ्जय ट्रान्सफरका सञ्चालक सञ्जय तामाङले जानकारी दिए।
‘१२ गाउँ’ एक शो र ‘छक्का पञ्जा ५’ दुई शो प्रदर्शन हुनेछ । लामा ब्रदर्स र साथी डिजिटलको सहकार्यमा चलचित्र प्रदर्सन हुन लागेको हो । चलचित्र ‘१२ गाउँ’ यसअघि नोभेम्बर १७ मा प्रदर्शन भएको थियो ।
दर्शकको माग बढेकाले चलचित्रलाई पुन: प्रदर्शन गर्न लागिएको हो । दुवै चलचित्रको टिकट १० युरोमा खरिद गर्न सकिने प्रदर्शक कम्पनीले जनाएको छ । टिकट किन्नका लागि +३८५-९७६५०६७१५ वा +३८५-९९५४५४४६३ मा सम्पर्क गर्न सकिनेछ ।
पहिलो शो दिनको ११ बजे ‘१२ गाउँ’ प्रदर्शन हुनेछ । क्रोएसियामा पहिलो पटक प्रदर्शन हुन लागेको चलचित्र छक्का पञ्जा ५ भने अपरान्ह २:१५ र ५:३० बजे प्रदर्शन हुनेछ । चलचित्र काठमाडौं मार्टका सञ्चालक कमलमान गुरुङ्ग र आपा कम्पनीका चिफ डाइरेक्टर दावा लामाको साथ सहयोगमा प्रदर्शन हुन लागेको हो ।
नेपाली कलाकार र चलचित्रलाई साथ समर्थन गर्न र बिदाको समयलाई विशेष बनाउन लामा ब्रदर्स ट्राभल्स तथा सञ्जय ट्रान्सफरका सञ्चालक सञ्जय तामाङ र साथी डिजिटलका गगन तामाङको आग्रह रहेको छ ।