काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्र्रे शाखामा नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा देवेन्द्र प्रसाद भैलको समूह निर्वाचित भएको छ ।
शाखाको आइतबार भएको निर्वाचनमा अध्यक्ष पदमा देवेन्द्र प्रसाद भैलले १ सय ३ मत प्राप्त गरेका थिए भने उपविजेता विदुर प्रसाल घिमिरेले ६५ मत ल्याएका थिए ।
महिला उपसभापतिमा पार्वती थापाले ७० मत पाउँदा पुष्पा खड्का बस्नेत ९४ मत सहित निर्वाचित भइन् । खुल्ला उपसभापतिमा ज्ञान बहादुर तामाङले १ सय ३ म ल्याएर विजयी भए भने माधव प्रसाद हुमागाईले ६० मत प्राप्त गरेका थिए ।
मन्त्री पदमा राजु सिग्देलले १ सय १ मत प्राप्त गरी विजयी भए उक्त पदका उप विजेता हेमलाल तामाङले ६७ मत प्राप्त गरे । उपमन्त्री पदमा प्रदिप के.सी १ सय ६ मत सहित विजयी भए भने रामकृष्ण श्रेष्ठले ५९ मत प्राप्त गरे । उप कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा विनोद कोइरालाले १ सय ५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी झम्क प्रसाद गौतमले ६० मत प्राप्त गरेका थिए ।
त्यसैगरी सदस्यहरुमा रामकुमार श्रेष्ठ, उपदेश भुजेल, माधव प्रसाद नेपाल,विल बहादुर श्रेष्ठ,दामोदर श्रेष्ठ,कृपेन्द्र श्रेष्ठ, जगन्नाथ गिरी निर्वाचित भएका छन् ।