पनौती
सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाले संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
तीनवटा सेवा केन्द्र र प्रधान कार्यालयमा शुक्रवार उपस्थिति तथा सुझाव संकलन गरिएको साधारण सभा कार्यक्रम पनौतीमा अवस्थित श्रीराम पार्टी प्यालेस सभाहलमा शनिबार समापन समारोह सम्पन भएको थियो ।
सभाको उदघाटन गर्दै अध्यक्ष गोबिन्द प्रसाद न्यौपानेले संस्थामा वित्तीय सुशासन कायम राख्दै बहुउद्देश्यीय क्रियाकलापलाई जोड दिई सदस्यहरुको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका खेलेको बताए ।
संस्थामा विभिन्न विधामा उत्कृष्ठ शेयरसदस्यहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव हरी शंकर तिमल्सिनाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा गरेका कार्य तथा आगामी वर्षका रणनीतिक योजनाका विषयमा जानकारी गराएका थिए ।
कोषाध्यक्ष आनन्द सापकोटाले प्रतिवेदन मार्फत संस्थाको आर्थिक गतिविधिका विषयमा जानकारी गराएका थिए । सापकोटाका अनुसार २ हजार ७ सय ९२ जना शेयर सदस्य रहेको संस्थाा २० करोड २५ लाख रुपैयाँ कुल पुँजी रहेको छ ।
लेखा सुपरीवेक्षण समितिका संयोजक नरहरि भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका आर्थिक कृयाकलाप तथा गतिविधिहरु प्रस्तुत गरेका थिए ।
सभामा सोहि सहकारीका सन्चालक समितिका पदाधिकारी , सल्लाहकार , विभिन्न उपसमितिका पदाधिकारीहरु, सेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । गत असोज ११ र १२ मा बाढि पहिरोबाट क्षतिबाट घरबार बिहिन
पनौती नगरपालिका भित्रका नागरिकहरुलाई सहयोग गर्नको लागि उपस्थित सदस्यहरुबाट स्वैच्छिक सहयोग सन्कलन समेत गरिएको व्यवस्थापक गौतम प्रजापतिले बताए ।