काभ्रे ।
पनौती नगपालिका वडा नं ६ स्थित प्रहरी एकेडेमीको निर्माणाधिन भवनमा काम गर्ने एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार साँझ भवनको ढलान गर्ने क्रममा अन्दाजी २० वर्षका सविन चौधरीलाई करेन्ट लागेको थियो । उपचारका लागि तत्काल धुलिखेल अस्पताल पुर्याइएकोमा उपचारको क्रममा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरी अग्निसाइरा कृष्णसभरन गा पा १ घर भएका चौधरीे निर्माणाधिन एकेडमीमा मजदुरको रुपमा काम गर्दै आएका थिए ।