धुलिखेल
काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं ७ भिमसेन स्थान स्थित बौद्ध विहारमा भिक्षुलाई कुटपिट गरी नगद चोरी गर्ने पक्राउ परेका छन् ।
ललितपुर पाटन स्थायी घर भइ बिगत ४५/५० बर्ष अगाडि देखी ती भिक्षुु उक्त विहारमा बस्दै आएका छन् । बौद्ध धर्मको उपासिकाहरूलाई ज्ञान गुणका प्रवचन गरि प्रवचन दिने अन्दाजी ८४ वर्षका भिक्षु गुणघोष माथि कुटपिट पछि उनको साथमा रहेको नगद चोरी भएको थियो । उनलाई कुटपिट गरेको आरोपमा झापा जिल्ला मेची नगरपालिका वडा नं ९ का आदित्य श्रेष्ठ पक्राउ परेका हुन् ।
उनीलाई भिक्षु गुणघोषलाई कुटपिट गरी मुखमा कपडा कोची, लडाई डोरीले बाँधेर नगदसमेत चोरी गरी फरार रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई नगद एक लाख पैसठ्ठी हजार आठ सय नब्बे रुपैंया सहित सहित धुलिखेल न.पा. वडा नं. ०७ स्थित होटल हिल्स ह्याभेनबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । श्रेष्ठलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेपलान्चोक अदालतबाट दिन ७ म्याद थप भई अनुसन्धान कार्य भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ । घाइते भिक्षुको धुलिखेलअस्पतालमा उपचार भइरहेको छ ।