पनौती
सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौती ४ को आगामी साधारण सभामालाई लक्षित गर्दै तालिमको आयोजना गरिएको छ ।
संस्थाका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनलाई लक्षित गर्दै उक्त तालिम भएको थियो । भावी संम्भावित सञ्चालकहरुलाई नेतृत्व विकास तालिम भएको संस्थाले जनाएको छ ।
शनिवार संस्थाको मुख्य कार्यालय पनौतीमा तालिम कार्यक्रम भएको हो ।संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको बर्तमान अवस्थाका विषयमा जानकारी गराएका थिए । उनले संस्थाको परिचय, संस्थाका वस्तु तथा सेवा लगायत सञ्चालित कार्यक्रमहरु, संस्थाको विनियम तथा नीतिहरुमा भएका ब्यवस्थाहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए । नेफ्स्कुनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले प्रशिक्षण दिएका थिए ।
तालिम उद्घाटन शत्रमा संस्थाका वरिष्ठ उपाध्यक्ष सुर्य मानन्धरले स्वागत मन्तब्य र कार्यक्रमको सञ्चालन सचिव मुकुन्द शर्माले गरेका थिए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष एवं संस्थाका सल्लाहकार उदयराम कायस्थ, जिल्ला सहकारी संघ लिमिटेडका लेखा सुपरिवेक्षण समितिका संयोजक एवं संस्थाका सल्लाहकार शम्भुलाल श्रेष्ठ, नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, सल्लाहकार राजकुमार हुमागाई लगायतले मन्तव्य राखेका थिए । तालिम कार्यक्रममा ६२ जनाको सहभागिता रहेको थियो ।