पनौती
जिल्लामा रगत अभावको समाचार सार्वजानिक भएसँगै विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएका छन् ।
आगामी भाद्र १ गते पनौती बसपार्क स्थित मनेश्वरी मन्दिर परिसरमा खुला रक्तदान कार्यक्रम संचालन हुने भएको छ । हुमागाई समाज नेपाल पनौती उपकेन्द्रले कार्यक्रमको अयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम अयोजना हुने नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला सभापति रघुनाथ हुमागाईले जानकारी दिए ।
त्यसैगरी आगामी भाद्र ४ गते बाँसडोल साकोसको आयोजनामा बनेपा १२ बासडोलमा खुला रक्तदान कार्यक्रमको अयोजना गरिएको छ ।
रक्त संचार केन्द्रहरुमा रगत अभाव भएको विषयमा केही दिन अघि देखि संचार माध्यममा समाचार प्रकाशित भएका थिए । अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको माग बढेको तर जिल्ला लगायत उपत्यकामा समेत रक्त अभाव भएकोले आयोजित कार्यक्रमहरुमा उपस्थित भएर रक्तदान कार्यक्रममा सहभागी हुन रेडक्रस सभापति हुमागाईले अनुरोध गरेका छन् ।