पनौती
‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नाराका साथ २५ औं अन्तराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाइएको छ ।
यसै क्रममा पनौती नगरपालिकाले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ‘नगरपालिकाको विकासमा युवाहरुको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमको अयोजना गर्यो ।
शिक्षा युवा तथा खेलकुद शाखाको मुख्य आयोजना रहेको कार्यक्रममा बोल्दै नगरप्रमुख रामशरण भण्डारीले नगरले छिट्टै ५ वर्षे राणनीतिक कार्ययोजना निर्माण गर्न लागेको र उक्त योजना युवा मैत्री हुने बताए । उनले देश विकासमा राज्यले युवाको भूमिका खोजेको बताए । भण्डारीले देशका धेरै जनसंख्या कृषिपेसामा निर्भर रहेको बताउँदै कृषिमा आधारित उद्यमशिलताबाट युवा स्वरोजगर बनाउनु पर्ने तर्क गरे ।
नगरका आफ्ना धेरै कानुन छन् । कति पूर्ण कार्यान्वयन हुन बाँकी रहेको भन्दै नगरले खेलकुद र युवाका विषयमा फरक फरक कानुन निर्माण गरी युवाका पक्षमा क्रियाकलापहरु संचालन गरिने बताए । हाल खेलकुद तथा युवाका विषयमा एउटै कानुन रहेको उनले जानकारी दिए ।
युवा उद्यमशिलताको विषयमा उनले सबैले एउटै क्षेत्रमा उद्यमशिलता खोज्दा जनशक्ति बिक्न कठिन हुने तथा अन्य क्षेत्रमा अभाव सिर्जनाको समस्या हुने तर्क गरे । ज्ञान र रुचिका विषयमा उद्यमशिलता खोज्नुपर्ने उनको भनाई थियो । नगरभित्रका कृषि उपजको बजारीकरणको विषयमा नगर प्रमुख भण्डारीले समर्थन मूल्य तोक्न नगरलाई कठिनाई भएको बतए । ‘नजिकका पालिकाहरुबाट पनि नगरमा कृषि उपज उत्तिकै भित्रिन्छन् । नगरका उपजको मूल्य तोकिए पनि बाहिरको उपजले उक्त समर्थन मूल्यको अर्थ राख्दैन । यसले गर्दा पनि कृषि उत्पादनको समर्थन मूल्य तोक्न नसकिएको हो । ’ प्रमुख भण्डारीले बताए ।
भण्डारीले देशका धेरै जनसंख्या कृषिपेसामा निर्भर रहेको बताउँदै कृषिमा आधारित उद्यमशिलताबाट युवा स्वरोजगर बनाउनु पर्ने तर्क गरे ।नगरका आफ्ना धेरै कानुन छन् । कति पूर्ण कार्यान्वयन हुन बाँकी रहेको भन्दै नगरले खेलकुद र युवाका विषयमा फरक फरक कनुन निर्माण गरी युवाका पक्षमा क्रियाकलापहरु संचालन गरिने बताए ।
उपप्रमुख गीता बञ्जाराले रोजगार सिर्जनाको उद्देश्य सहित तालिम प्रदान गरिए पछि त्यसले कतिलाई रोजगारी बनायो भन्ने अनुगमन जरुरी रहेको बताइन् । अघिल्लो कार्यकालमा युवा रोजगारीकै उद्देश्य सहित भैंसी वितरण गरिएको र त्यस कार्यक्रमले ४ सय २० कृषक स्वरोजगार बनेका उनको दावी थियो ।
नगरपालिकाका प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले युवाहरुको आवाज नीति निर्माता सम्म पुगेमात्र युुवा मैत्री नीति बन्ने बताए । भौतिक निर्माणलाई मात्र विकास भन्न नमिल्ने भन्दै आचार्यले युवा उद्यमशिलतालाई जोड दिनुुपर्ने उल्लेख गरे । ‘युवाको माग र चाहनालाई बझेर नीति बन्नुपर्छ त्यस अनुसार संचालित कार्यक्रमले मात्र सार्थकता पाउँछ ।’ उनको तर्क थियो । नगरले निर्माण गर्ने आवधिक योजनामा युवाका विषय समावेश हुने उनले वचन दिए ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै निर्देशक तथा शिक्षा शाखा प्रमुख प्रणराज न्यौपानेले युवाहरुको सशक्त सक्रियता भएमात्र नगरको विकास सम्भव बताए । न्यौपानेले वडा स्तरबाटै युवा सक्रिय हुुनुपर्ने उल्लेख गरे । ‘नगरको कानुन अनुसार पनि वडा स्तरमा ‘युवा क्लब’ तथा नगरमा नगरप्रमुखको अध्यक्षतामा ‘नगर युवा तथा खेलकुद परिषद्’ हुने व्यवस्था भए बमोजिम युवाहरु संगठित हुुनु जरुरी छ ।’ शाखा प्रमुख न्यौपानेले भने ।
आफ्ना कुरा भन्ने र अरुका सुन्ने उद्देश्य सहित अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो ।
सामाजिक विकास समितिका संयोजक तथा वडा नं ११ का वडा अध्यक्ष विपेन्द्र लामाले हालका युवाहरुमा तत्काल प्रतिफल खोज्ने बानीको विकास भएको भन्दै नगरपालिकाले युवा लक्षित कार्यक्रम निरन्तर संचालन गर्ने जानकारी दिए ।
कार्यक्रममा शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमले नगरमार्फत संचालित कार्यक्रमहरुको जानकारी गराएका थिए । उनले नेपाली युवाको अवस्था, युवाको मनोसामाजिक, युवाका सम्भावना र अवसर, स्थानिय सरकारको कार्यविस्तृतिकरण, पनौती नगरापालिकाले गरेका कार्य तथा गतिविधिका बारेमा जानकारी गराएका थिए ।
स्रोत व्यक्ति जंगमले जानकारी दिए अनुसार नगरपालिकाले पेशागत हलुका सवारी साधन मर्मत जसमा २० जना सहभागी भई ७ जनाले सीप परीक्षण परीक्षा उतिर्ण गरेका र पेशामा आवद्ध रहेका पेशागत हाउस वाइरिङ र पेशागत प्लम्विङ जसमा २०÷२० जना सहभागी भई सीप परीक्षण परीक्षाको प्रक्रियामा रहेको, पेशागत कुक ४० जना, पेशागत कम्प्युटर मेन्टिनेन्स २० जना र पेशागत मोटरसाइकल मर्मतमा २० जना गरी ८० जना सहभागी भई तालिम सन्चालन भैरहेको छ ।
माध्यमिक तहको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि रुचि, खुवीको आधारमा भविष्यको वृत्ति छनोटको लागि निरन्तर रुपमा वृत्तिमार्ग निर्देशन कक्षा सन्चालनमा रहेको, वृत्तिमार्ग निर्देशन कार्यक्रमलाई प्रभावकारी रुपमा सन्चालन गर्न पनौती नगरपालिका वृत्तिमार्ग निर्देशन कार्यविधि २०८० जारी भएको, त्यसैगरी खेलकुद तर्पm जिल्लास्तरीय, प्रदेशस्तरीय तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरुमा युवा खेलाडीहरुलाई सहभागी गराइएको जंगमले जानकारी दिए ।
कार्यक्रमा उपस्थित युवाहरुले नगरले युवा उद्यमशिलताको कार्यक्रमहरु संचालन गर्नु पर्ने भौतिक निर्माणमा मात्र नभइ उद्यमशिलतामा बजेट बिनियोजित हुनेपर्ने, संचालित कार्यक्रमलाई व्यवस्थित गर्नुपर्ने । युवा उद्यमको लागि न्यून व्याजदरमा ऋणको व्यवस्थापन गर्न सहजीहरण गर्नुपर्ने । उच्च शिक्षा निःशूल्क गर्न नगरले योजना ल्याउनुपर्ने, युवाको विदेशिने दर कमी हुने कार्यक्रमहरु संचालन गरिनुपर्ने, कुषि उपजहरुको बजारीकरणमा सहजीकरण गर्नुपर्ने जस्ता विचार व्यक्त गरका थिए । कार्यक्रममा सबै वडाका युवा प्रतिनिधि, जनप्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।