काभ्रे
असार ९ गते शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सौर्य एयरलाइन्स दुर्घटनाबाट मृत्यूभएकाहरुको शोकमा मनाउन उक्त निर्णय गरेको हो ।
साथै बैठकले छानबिनका लागि रतीशचन्द्रलाल सुमन संयोजकत्वमा आयोग गठन गरेको छ ।नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको संयाजकत्वमा ५ सदस्यीय आयोग गठन गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
समितिको सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई ४५ दिन म्याद दिइएको छ ।