खानीखोला
नेपाल रेडक्रस सोसाइटी खानीखोला उपशाखाको पहिलो अधिवेशनले आगामी २ वर्षको लागि उपशाखाको नेतृत्व रामेश्वर प्रधानलाई दिएको छ ।
खानीखोलामा सम्पन्न पहिलो अधिबेशनले रामेश्वर प्रधानको सभापतित्वमा ११ सदस्य कार्य समिति निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुमा रस्मीता लामा उपसभापति, ओम बहादुर थिङ सचिव,सुवास भोलन सहसचिव, विश्वराज घिसिङ कोषध्यक्ष,ललित बहादुर लामा उप कोषाध्यक्ष रहेका छन् ।
त्यसैगरी विविमाया गोले महिला सदस्य, सोनाम सिं लामा सदस्य,ज्ञानध्वज घिसिङ सदस्य, महेन्द्र पाख्रिन सदस्य र घमेन्द्र कुमार थिङ सदस्य रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटीको विधान अनुसार एक पालिकामा एक उपशाखा रहनुपर्ने व्यवस्था छ , विधान अनुसार खानीखोला उपशाखाले आधिकारीक रुपमा जिल्लाको ३१ औं उपशाखा बन्न सफल भएको छ ।
उपशाखाको अधिवेशन कार्यक्रममा नेपाल रेडक्रस जिल्ला शाखा सभापति रघुनाथ हुमागाई, उपसभापति देवेन्द्र भैल, कोषाध्यक्ष प्रेम बहादुर तामाङको उपस्थिति रहेको थियो ।
शाखाको अधिवेशन कार्यक्रममा कृपेन्द्र श्रेष्ठ निर्वाचन अधिकृतका रुपमा रहेका थिए ।