पनौती
मादक पदार्थ सेवन गरी भनाभन पछि भएको बञ्चरो प्रहारबाट बनेपा १२ जन्तेढुङ्गा बस्ने गोपाल तामाङ घाइते भएका छन् ।
प्रहरीको अनुसार बुधबार साँझ १७ वर्षिय गोपाल तामाङलाई खानिखोला १ घर भई पनौति नगरपालिका ४ मा डेरा गरी बस्ने अन्दाजी १६ को फुच्चे तामाङ, बर्ष १५ को पन्चे तामाङ र बर्ष १५ को सुबास तामाङ बिच भएको भनाभन पछि बञ्चरो प्रहार भएको हो ।
तामाङको दाँया पातामा गहिरो चोट लागेको छ । उनलाई शिर मेमोरियल अस्पताल बनेपामा उपचारका लागि पठाइएको र घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको उपचार भइरहेको र अवस्था सुधार हुदै गएको काभ्रे प्रहरीले जनाएको छ ।