चितवन
चितवनमा आज बिहान भएको दुर्घटनामा ६० जना भन्दा धेरै नारायणी नदीमा बेपत्ता भएको आशंका गरिएको छ ।
भरतपुर महानगरपालिका– २९ सिमलतालमा बिहान ३ बजे भएको घटनामा धेरै जना हताहती भएको अनुमान प्रहरीले गरेको हो ।
चितवनका डीएसपी भेषराज रिजालका अनुसार पहिरोले बगाएका दुईवटै बस नारायणी नदीमा बेपत्ता रहेका छन् ।
दुबै बसमा गरेर झण्डै ६५ जना यात्रु सवार रहेको प्रहरीको अनुमान गरेको छ । दुई बस मध्ये एकमा ४१ जना र अर्को बसमा २४ जना रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
तीन जना यात्रु भने नदीबाट पौडिएर निस्किएका बताइएको छ ।
नारायणी नदीमा बेपत्ता दुईवटा बसका यात्रुको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।
घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर सयौँ सुरक्षाकर्मी गोताखोर सहित बेपत्ताको उद्धार र खोजीमा खटिएका छन्।