काठमाडौं
एउटै स्थानीय तह भित्रका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्यता लिएको भएमा कारबाही हुने भएको छ ।
उक्त विषयमा सहकारी विभागले एक सूचना जारी गरेको छ । जारी सूचनामा भनिएको छ –‘सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा (१) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थामा सदस्य हुन नपाउने व्यवस्था रहेको र ऐन प्रारम्भ हुनुअघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए ३ वर्षभित्र कुनै एक संस्थाको मात्रै सदस्यता कायम राख्नुपर्ने व्यवस्था ऐनमा गरिएकोमा यदि त्यस्तो भएमा सदस्यता अन्त्य गर्न अनुरोध छ ।’
साथै एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्यता लिएका व्यक्तिमाथि कारबाही हुने चेतावनी दिएको छ ।