बनेपा
काभ्रे उद्योग वाणिज्य संघको ४२ औँ अधिवेशन तथा साधारण सभाबाट संघको अध्यक्ष पदमा प्रताप वैद्य विजयी भएका छन् ।
शनिबार भएको साधारण सभा तथा अधिवेशनकार्यक्रममा भएको मतदानले वैद्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । बैद्यले ४ सय ८७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राजन मानन्धरले ३० मत कम अर्थात ४ सय ५७ मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार ६ सय ४३ मतका साथ बिजयी भएका छन् । उनका प्रतिस्पर्धी गु्रवेन तौजलेले ४ सय २ मत पाए । उपाध्यक्षमा उमेश रत्न शाक्य र सुरेस भक्त भोछिभोया बिजयी भए । उनीहरुले क्रमश ४ सय ५३ र ५ सय १२ मत प्राप्त गरेका थिए ।
महासचिवमा ५ सय ६९ मतका साथ रजित पलाञ्चोके निर्वाचित भएका छन् । कोषाध्यक्षमा मानकाजी प्रधानले ५ सय २४ मत पाएर विजयी बने । मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा ५ सय ७८ मत सचिवमा कृष्णलाल श्रेष्ठ ५ सय ७८ सह सचिवमा रामकुमार श्रेष्ठ ५ सय ९४, सह कोषाध्यक्षमा श्याम कुमार भालु ( मुनाल) ५ सय ४९ र सहमुख्य मुख्य संयोजकमा रवि तौजले ५ सय ३० मतका साथ विजयी भएका छन् ।