बनेपा
अरनिको राजमार्ग अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १३ साँगामा सवारी दुर्घटना भएको छ ।
पुतली रिसोर्ट अगाडि हाईवेको साईडमा रोकी राखेको बा.प्र.–०१००३ क ९९४५ नं. को ट्याङ्करसँग साँगाबाट बनेपा तर्फ आईरहेको बा.६३ प ७ नम्बरको मो.सा. ठोकिएको, बा.प्र.–०२–०४४ प ०५७३ नम्बरको स्कुटी, सोही दिशाबाट आईरहेको बा. ७ च ४५३७ नम्बरको कार सोही ट्याङ्करमा गई ठोकिएको र बा.प्र.–०१–०२६ च ९२३९ नम्बरको योद्धा गाडी कारमा गई ठोकिएको, BACO123 नम्बरको कार योद्धा गाडीमा गई ठोकिएको, ना.७ ख ५४१ नम्बरको मालबाहक ट्रक गई सोही कारमा गई ठोकिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
गाडी जाममा परेको समयमा पछाडीबाट गाडीले गाडीलाई ठक्कर दिदाँ लाइनमा बसेको गाडी ५ वटा र २ वटा बाइक गरी ७ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
दुर्र्घटनामा परी घाइते भएका बा ६३ प ७ नम्बरको मोटरसाइकल चालक पनौती २ का ४८ वर्षिय प्रकाश सापकोटा र बा प्र ०२–०४४ प ०५७३ नम्बार स्कुटी चालक बनेपा ५ बस्ने १८ बर्षिय देविना कर्मचार्यको १८ वर्षिय देविना कर्मचार्यको शिरमेमोरियल अस्पताल बनेपमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तस्विर : सरोज सापकोटा (साझा पत्रिका डटकम) र नेपाल प्रहरी