काभ्रे
बनेपा नगरपालिकामा डिउटीमा रहेका नगरप्रहरी माथि हातपात गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
बनेपा नगरपालिका वडा नं.७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गको सडक खण्डमा फुटपाथ व्यापारी र बनेपा नगर–प्रहरी बिच कुटपिट र झैझगडा भएको थियो । झगडा कुटपिटको भिडयो सामाजिक संजालमा भाईरल भएको थियो ।
कार्यालयबाट तत्काल खटिगएको प्रहरी टोलिले घटनास्थलबाट ती व्यक्तिहरुलार्य पक्राउ गरी नगरपालिकाको उजुरीमा घटनामा संलग्नहरुलाई म्यादथप भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा काभ्रे नमोबद्ध नगरपालिका वडा नं. १ बस्ने कृष्ण मानन्धर, राममाया मानन्धर,रोजिना मानन्धर र काभ्रे बनेपा वडा नं १ बस्ने खड्गमाया श्रेष्ठ रहेका छन् ।