बेथानचोक
बेथानचोक जेसीजको वर्ष २०२४का लागि अध्यक्षको जिम्मेवारी मोहनकृष्ण तिमल्सिनाले पाएका छन् ।
शुक्रबार सम्पन्न संस्थाको छैटौं वार्षिक साधरणसभा तथा पाँचौ शाखा अधिबेशनले तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको छ ।
अधिवेशनले निवर्तमान अध्यक्षमा शान्ति खत्री, संस्थाको कार्यकारी उपाध्यक्ष विनोद तिमल्सिना र प्रदिप आचार्य निर्वाचित महासचिव सन्दिप तिमल्सिना कानुनी सल्लाहकार डिगमान लामा कोषाध्यक्ष कमल नेपाल मनोनित उपाध्यक्ष अजय तामाङ, प्रकाश श्रेष्ठ उमेश दाहाल र बेलकुमार श्रेष्ठ निर्वाचित तथा तालिम संयोजक गोकर्ण घिमिरेलाई मनोनित गरेको छ ।
उक्त कार्यक्रममा संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना, पूर्व अध्यक्षहरु हरिकृष्ण दाहाल, राजेश तिमल्सिना, डिगमाना लामा मनार्थ सदस्य मच्छिन्द्र कुमार लामा लगायतको उपस्थिति रहेको थियो ।
नयाँ निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम पौष २६ गते विहीवार होटल जम्बाला बेथानचोक २ मा आयोजना गरिएको वर्ष २०२३ की अध्यक्ष शान्ति खत्रीले जानकारी दिइन् ।