हरेक वर्ष भिन्तुना सम्पदा र्यालीकाे आयोजना गर्दै आएको पनाैती नेपालले र्यालीकाे १२ अाैं संस्करण मंगलवार अायाेजना गरेकाे छ ।
र्याली शुरु हुनु अघि पनौतीको नेवारी समुदायमा बिभिन्न चाडपर्व र जात्रामा संचालन गरिने देवी नाच र बिभिन्न झाकी सहित गित तथा नृत्य प्रस्तुत गरिएको थियो
र्यालीको उद्घाटन गर्दै प्रदेश मन्त्री तिर्थ लामाले पनौतीको सम्पदाको जगेर्ना गर्न युवा शक्तिसक्रिय रहेकोमा खुसि ब्यक्त गर्दै यहाँका धर्म संस्कृति र ईतिहासको रक्षाका लागि बागमति प्रदेस सरकारबाट आवस्यक सहयोग गर्ने बचन दिए ।
कार्यक्रममा पनौती नगर प्रमुख रामशरण भण्डारीले स्थानीय धर्म संस्कृतिको जगेर्ना गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका थिए ।
पनौती ७ का वडा अध्यक्ष सविन ताम्राकारले पनौतीको संस्कृति जोगाउन सबैको एकमत हुनु पर्ने बताए ।सनुवावु तामाङले सञ्चालन गरेको कार्यक्रमको सभापतत्व पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठले,स्वागत बिकास होराजु र धन्वाद ज्ञापन संस्थाकी महिला अध्यक्ष सुनमाया प्रधानले गरेकी थिईन ।
र्यालीमा विभिन्न क्षेत्रका व्यक्तित्व सर्वसाधारण सयौंको उपस्तिथि थियाे ।महालक्ष्मी चोकबाट सुरु भएको र्याली बिभिन्न जातजाती भाषाभाषीका झाकी नाच र भजनका साथ मानेश्वरी बसपार्क पुरानो बजार,खोपासी मार्ग हुदै पुन महालक्ष्मी चोकमा भोजमा परिणत गर्दै समापन भएको थियो।