काठमाडौं
प्रधानसेनापति लाइनमा रहेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
उमेर विवादमा मुछिएका पाण्डेले शुक्रबार राजिनामा दिएका हुन । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार उनको राजिनामा रक्षा मन्त्रालय पठाइएको छ ।
पाण्डेलाई रथीमा बढुवाका लागि प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको बोर्डले रक्षा मन्त्रालयमा पेस गर्ने तयारी रहेको चर्चा थियो । तर पाण्डेको जन्ममिति तथा अन्य प्रमाणपत्र छानबिनको माग उठेको थियो ।