पनौती । नेपाल रेडक्रस सोसाइटी सुन्थान उपशाखाको ३१ औं उपशाखा सभा सम्पन्न भएको छ ।
पनौती नगरपालिका वडा नं ९ को सभाकक्षमा भएको सभाको नेपाल रेडक्रस सोसाइटी काभ्रेजिल्ला शाखा सभापति रघुनाथ हुमागाईले उद्घाटन गरेका थिए ।
सभाको उद्घाटन गर्दै हुमागाईले विपद्को बेला रेडक्रसको भूमिका महत्वपूर्ण हुने बताउँदै जिल्ला शाखा तथा उपशाखाहरुले त्यो कर्तव्यपुरा गरेको बताए । जिल्लामा उपशाखाको विषयमा विवाद रहेको बताउँदै आफू जिल्ला सभापति भएपछि त्यस किसिमको विवाद समाधान गरेको उनको भनाई थियो ।
जिल्लामा तत्काल आवश्यक पर्ने राहतसामग्री उपशाखाहरुमा नै जिल्लाशाखाको तर्फबाट उपलब्ध गराएको उनले बताए । तत्काल पाउनुपर्ने राहत सामग्री उपशाखामा नै उपलब्ध गराउने काभ्रे पहिलो जिल्ला भएको उनको दावी थियो ।
सभामा कोषाध्यक्ष तथा सचिवको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै कोषध्यक्ष दिपक तिमल्सिले उपशाखाले वर्षभरी गरेका कार्यक्रमहरुको विवरण प्रस्तुत गरेका थिए ।
उपशाखा सभापति यज्ञप्रसाद हुमागाईले सबैको साथ सहयोगमा नै उपशाखाले विभिन्न कार्यहरु गर्न सकेको र अबका दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
रे्डक्रस उपशाखाका निवर्तमान अध्यक्ष ईश्वर बहादुर भण्डारी, रेडक्रसकर्मीहरु शरद भण्डारी, मदनसुन्दर गोच्छे, राजु ताम्राकार राजकुमार कार्की सहकारीकर्मी इन्द्र प्रसाद हुमागाई, लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा जिल्ला शाखा उपमन्त्री राजु सिग्देल, वडा नं ६ का वडा अध्यक्ष भीम प्रसाद आचार्य, पत्रकार महासंघ काभ्र्रे शाखा पूर्व सभापति नारायण सापकोटा रेडक्रसकर्मीहरु तथा स्थानीय समाजसेवीहरुको उपस्थितिरहको थियो ।