बागमती प्रदेश राजधानी हेटौडाबाट १६ किलोमिटर पूर्वमा रहेको मकवानपुर गढी कान्तिलोकपथ सँगै रहेको छ । उक्त लोकपथ भएर यात्रा गर्ने जो कोहीपनि मकवानपुर गढी दरबारको अवलोकन गर्ने गर्दछन् ।
समुन्द्री सतहबाट १ हजार १७ मिटरको उचाईमा रहेको गढी दरवारको लामो इतिहास छ । सेन वंशका राजाहरुले १३ औं शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ ।
सेन वंशका प्रतापी राजा मुकुन्दसेन कै नामबाट मुकुन्दपुर,माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामाकरण भएको विश्वास छ । सेन वंशका लोहाङ्गसोन देखि अन्तिम राजा दिगबन्धन सेनसम्मका राजाहरुले करिब ३ सय वर्षसम्म मकवानपुरगढीलाई राजधानी बनाएको इतिहासमा उल्लेख छ ।
यस गढी नेपाल एकीकरण, गोर्खाली फौज र वंगालका नवाव मिर कासिमका फौजबीचको युद्ध, नेपाल अंग्रेज युुद्धमा विषयमा थप गौरवपूर्ण इतिहास बोकेको स्थलरहेको विषय गढी प्राङ्गणमा राखिएको सूचनामा उल्लेख छ ।
नेपालकै सबभन्दा ठूलो ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको मकवानपुर गढीक्षेत्रका केही तस्विरहरु ः