पनौती
पनौती नगरपालिका वडा नं २ स्थित नागीडाँडाबाट व्यवसायीक प्याराग्लाइडिङ उडान शुरु भएको छ ।
पटक पटकको परीक्षण पछि शनिबार एक कार्यक्रमको आयोजना गरी व्यवसायीक उडानको शुभारम्भ गरिएको छ । फुलचोकी एड्भेन्चर प्रा.लिले व्यवसायीक रुपमा साहसिक खेल प्याराग्लाइडिङ संचालन गर्ने छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुुदन किराती राईले व्यवसायीक उडान शुभारम्भको घोषणा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राईले एडभेन्चर, कल्चर र नेचरको समन्वयले मात्र विकास सम्भाव हुने बताउँदै पनौतीले पौराणिक इतिहाँस बोकोको बताए । ‘पनौतीको ऐतिहासिक, धार्मिकसँगै प्राकृतिक रुपमा पनि उत्तिकै महत्व छ । यिनै विषयलाई जोडिएर गरिने पर्यटन विकासले सफलता पाउँछ ।’उनको भनाई थियो ।
पूूर्व संचार तथा सुचना प्रविधि मन्त्री तथा संघीय सांसाद गोकुल बास्कोटाले समग्र राज्यको विकासमा पर्यटनको भूमिका उल्लेख गर्दै सबै क्षेत्रबाट पर्यटनको संभावना तथा खोजी सहित विकास गर्नु पर्ने बताए । पनौती रोशी क्षेत्रमा संचालित खानीहरुलाई इंकित गर्दे बास्कोटाले खानी र पानी एकै स्थानमा संचालन हुन नसक्ने भन्दै विकल्प खोज्नुपर्ने बताए ।
वडा नं २ का वडा अध्यक्ष पुरुषोतम् अधिकारीले प्याराग्लाडिङले पनौती क्षेत्रको पर्यटन विकासका लागि थप टेवा पुर्उने उल्लेख गर्दै पनौती क्षेत्रमा विकासका नयाँ सम्भावनाका क्षेत्रहरु पहिचान गर्नुपर्ने बताए ।
एडभेन्चर प्रा.लिका प्रमुृख छविलाल हुृमागाईले पालिका भित्रनै प्याराग्लाइडिङ संचालनका लागि दक्षजनशक्ति उत्पादन तथा उपयुक्त पुर्वाधार सहित संचालन शुरु गरिएको र यसले दिगोपन पाउने बताए ।
कार्यक्रममा संघीय सांसद मीना तामाङ, संविधान सभा सदस्य रामहरि सुवेदी, नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, पूर्व नगरप्रमुख भीम न्यौपाने, स्थानीय समाजसेवी, पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
व्यवसायीक रुपमा शुरु गरिएको उक्त साहसिक खेल नागीडाँडाबाट कुशादेवी बञ्चरेडाँडा सम्मको रहने छ । नेपाल सरकार उडड्यन प्राधिकरणले तोकेका मापदण्डहरु पुरा गरी नागरिक उड्ययन प्राधिकरणबाट टेण्डम उडानको इजाजत प्राप्त गरि पोखरामा व्यवसायीक उडाको अनुभव हासिल गरेका पाइलटहरुबाट संवा संचालन शुरुवात भएको प्रा.लि ले जनाएको छ ।
प्रालिले हाललाई १० ग्याइडरको अनुमति पाएको छ । करिब १५ देखि २० मिनेटको उडान समय रहने छ । खेलकाे ६ हजार ५ सय शुल्क ताेकेकाे छ भने कुशादेवी देखि नागीडाँडासम्म निःशुल्क सवारीको व्यवस्था गरिएको समेत प्रा.लिले जनाएको छ ।