काठमाडौँ ।
शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प गएको जनाएको छ ।
उक्त शक्तिशाली भुकम्पमा परि नलगाढ नगरपालिका जाजरकोटकी उपप्रमुख सरिता सिंहको निधन भएको खबर छ । उद्धार गरेर अस्पताल लैजाँदै गर्दा उनको मृत्युभएको बुझिएको हो । जाजरकोटको नलगाढ नगरपालिकाको वडा नं १ मा एकै वडामा २० जनाको मृत्युभएको समाचार छ । जाजरकोटमा ३४ जनाको मृत्यु भएको छ र ४० भन्दा धेरै घाइते भएको खबर छ ।
त्यसै गरी यो सामाचार तयार पार्दा सम्म रुकुम पश्चिममा मृत्युहुनेको संख्या २८ पुगेको छ । प्रधाानमन्त्रीले सबैलाई उद्धार राहतका लागि जुटन निर्देशन दिएका छन् । भने भुकम्पप्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी भएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।