काठमाडौं
सर्वोच्च अदालतले कैद मिनाहा बदर गरि पक्राउका लागि आदेश दिएसँगै योगराज ढकाल (रिगल) ले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
बाँकी प्रहरी समक्ष रिगलले आत्मसमर्पण गरेका हुन् । सर्वोच्चको आदेशपछि प्रहरीले खोजीकार्य शुरु गरे सँगै रिगलले प्रहरीसामु आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएका थिए ।
रिगलले नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल सजायँमा थिए । सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
अदालतले रिगलको माफी फिर्तासँगै बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गराउन आदेश दिएको छ ।